खोटाङ । खोटाङमा भ्रमणमा गएका विद्यार्थीमध्ये पौडी खेल्नेक्रममा दुई विद्यार्थीको ज्यान गएको छ । दिक्तेल टेक्नीकल ईन्स्टिच्युट विद्यालयमा सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमबीच भएर बग्ने मेवाखोलास्थित १ मेगावाटको मेवाखोला हाईड्रोपावरमा प्राक्टीकलको लागि लगेको थियो ।
पौडी खेल्नेक्रममा डुवेर ज्यान जानेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका अन्दाजी १८ वर्षका अनिस केसी, र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको एक स्रोतले बताएको छ । घटनाको आधिकारीक जानकारी आउँन बाँकी रहेको छ ।


