चीनद्वारा १५० नेपाली कामदार फिर्ता, ताक्लाकोटमा नेपालीबाट सीमा पास खोसियो

Halesi

चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी पक्राउ गरेको थियो । पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा परेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको सीमा पास खोसेको छ ।

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन् । बाँकी एक–दुई दिनमै आउने भएका छन् । कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन् । ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका नाम्खा गाउँपालिका–१ का दाबा लामाले १५० जना शुक्रबार नै फिर्ता भइसकेको बताए । नेपाली कामदार फिर्ता गर्ने हल्लाले उनीहरू निराश बनेको जानकारी दिए ।

सबै कामदार फिर्ता हुन दिन्नौँ – सिडिओ ढकाल
हुम्लाका प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले नेपाली कामदार फिर्ता पठाइएकोबारे आफूले जानकारी पाएको बताए । हिल्सा अध्यागमन कार्यालय प्रमुख सूर्य लामाले नेपाली नागरिक फिर्ता पठाइएकोबारे सिडिओ ढकाललाई जानकारी गराएका थिए । केही कामदार फिर्ता गरेको छ, बाँकी भोलिपर्सि फिर्ता गर्ने खबर प्राप्त भएको छ,’ सिडिओ ढकालले भने, ‘सीमा वार्ताका लागि पत्रचार गरिसकेका छौँ, सम्भवतः बाँकी नेपाली कामदार फिर्ता हुन दिँदैनौँ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया