काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा एक पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे धारणा सार्वजनिक गरेको हो । बजेटबारे धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा शान्ति स्थापना भएको भन्दै सरकारका सामुन्ने कामचलाउ प्रकारको बजेट मुलुकले नचाहेको प्रष्ट पारे ।
दुई वटा कम्युनिष्ट पार्टीले चुनावको बेलामा गरेका प्रतिवद्धता र वर्तमान बजेटलाई तुलना गर्दा यस्तै प्रकृतिको बजेटले ती सपनाहरु १० प्रतिशत पनि पूरा गर्न सम्भव छ ?’ उनले भने । पार्टीको आधिकारी धारणा सुनाउँदै उनले पहिलो वर्षको बजेटको निरन्तरता दोस्रो बर्षमा रहेको कांग्रेसको रहेको बताए ।
बजेटको आकारलाई वृद्धि गर्दैजाँदा सरकारले खर्च गर्ने अवस्था सिर्जना गर्न नसकेको बताए । ‘तत्कालै निर्वाचनलाई प्रभावित गर्नेगरी बजेट आयो भन्ने कुरा म स्मरण गर्न चाहन्छु । वर्तमान सरकारले आगमी निर्वाचनको होइन, आगामी सरकारको भिन्न ढंगले प्रस्तुत गर्नपर्थ्यो, ’ उनले भने ।


