काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् । शुक्रबार दुई प्रधानन्त्रीबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका हुन् ।
ओलीले मालासहित पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको तस्विर समेत उपहार दिएका छन् । साथै नेपालको पहिचान खुल्ने चाँदीको मुद्रा समेत उपहार दिएका छन् ।


