उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्रीको कार्यभार

Halesi

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्नेगरी तोकेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले राष्ट्रपतिले पोखरेललाई सो जिम्मेवारी तोकेकी हुन् ।

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा पोखरेललाई सो जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले विज्ञप्तिमा जनाएका छन् ।

तपाईको प्रतिक्रिया