काठमाडौं– सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।
इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।


