नेपाली काँग्रेस (देउवा) पक्ष खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत् चयन

Minakshi Rai
।

खोटाङ, १८ कातिक । नेपाली काँग्रेस (देउवा) पक्ष खोटाङको जिल्ला सभापतिमा रोजन राई चयन हुनुभएको छ । काँग्रेस खोटाङको आज (बुधबार) सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट राई सर्वसम्मत् जिल्ला सभापतिमा चयन हुनुभएको हो ।

अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन हुनुभएको छ । काँग्रेसको विधानअनुसार ४६ सदस्यीय जिल्ला कार्यसमिति हुनुपर्नेमा पदाधिकारी बाहेक सदस्यहरुको नामावली भने सार्वजनिक गरिएको छैन ।

काँग्रेस क्षेत्रीय कार्यसमिति खोटाङ क्षेत्र नं. १ (क)को सभापतिमा उद्धव राई चयन हुनुभएको छ । क्षेत्रीय कार्यसमितिको उपसभापतिमा मकर राई, सचिवमा टीकाबहादुर भुजेल तथा सहसचिवमा सेकेन्द्र राई र राधा गिरी चयन हुनुभएको हो ।

क्षेत्र नं. २ (ख)को सभापतिमा सुनिलचन्द्र राई चयन हुनुभएको छ । क्षेत्रीय कार्यसमितिको उपसभापतिमा भीमबहादुर राई र निरेशकुमार राई तथा सचिवमा सङ्गम राई र विश्वदीप राई चयन हुनुभएको हो ।

एकै दिन मङ्गलबार र बुधबार आयोजना गरिएको जिल्ला तथा क्षेत्रीय अधिवेशनबाट कोशी प्रदेश महाधिवेशनका लागि क र ख दुवै क्षेत्रबाट ३२/३२ जना प्रतिनिधि चयन भएको निर्वाचन मण्डलका संयोजक महाप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको खोटाङ क्षेत्र नं. (क)बाट भेषिन्द्र राई, पदमबहादुर श्रेष्ठ, दीपक राई, रमाहाङ राई, अनिता राई, युजन राई, मुना दाहाल, गोपी निरौला, कालिदास पोखरेल, नारायणसिंह राई, शकुन्तला बानियाँ, मेनुका राई र कला विश्वकर्मा चयन हुनुभएको छ । यस्तै, (ख)बाट मञ्जित राई, कुमार खत्री, चन्द्रबहादुर राई, कौशिला राई, देवका खड्का, नयन्द्र मगर, कविराज राई, नवराज दाहाल, शुक्र राई, दुरेन गुरुङ, टीकामाया दर्जी, हेमराज राणामगर, उषा राई, रमा खड्का, मुना दाहाल, किरण राई, केदार ओझा, रामकुमार गुरुङ र गीता परियार चयन हुनुभएको हो ।

यसैगरी, सङ्घीय महाधिवेशन प्रतिनिधितर्फ ३४ जना प्रतिनिधि सर्वसम्मत् निर्वाचित भएका छन् । सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेमा केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य सरस्वती बजिमय, कोशी प्रदेश समितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भुपेन्द्र राई, संविधानसभा सदस्य हीरा गुरुङ, सरिता आङ्देम्बे, देवी राई, शान्तिकला राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेशलकुमार राई, बसन्त राई, नवराज राई, दिलिप खत्री, भीमकेशर राई, राकेश परियार, विकास श्रेष्ठ, इन्दीरा दाहाल, पदम निरौला, ज्ञान बहादुर माझी, दुरेन्द्र कुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पशेर राई, सन्तोष राई, निर्पध्वज विश्वकर्मा, देवेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतिक्षा राई, योगेश गुरुङ, दीपक विश्वकर्मा, सत्यवती राई, निर्मला राई र हरि थापा रहनुभएको छ ।

दिक्तेलबजारस्थित नेपाली काँग्रेस खोटाङको पुरानो पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट १३ जना महासमिति सदस्यसमेत चयन भएका छन् । महासमिति सदस्य चयन हुनेमा प्रदेश महामन्त्री भुपेन्द्र राई, संविधानसभा सदस्य हीरा गुरुङ तथा दिनेश राई, पदम निरौला, नवराज राई, सरिता आङ्देम्बे, देवी राई, देवेन्द्र बस्नेत, लोकेन्द्र राई, योगेन्द्र राई, पेशलकुमार राई, राकेश परियार र इन्दीरा दाहाल रहनुभएको निर्वाचन मण्डलका संयोजक आचार्यले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेस खोटाङमा कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राई शेरबहादुर देउवा पक्ष तथा जिल्ला सभापति विष्णुकुमार राई गगनकुमार थापा पक्षमा देखिनुभएको छ । केन्द्रीय कार्यसमितिमा काँग्रेस दुई धार भएर विभाजन भएपछि खोटाङमा पनि त्यसको प्रत्यक्ष असर देखिएको हो ।

थापा पक्ष स्थानीय तह तथा क्षेत्रीय कार्यसमितिको मात्र अधिवेशन सम्पन्न गरेर राष्ट्रिय महाधिवेशनमा सहभागी भएको छ । देउवा पक्षले भने, जिल्लाका दशवटै स्थानीय तहमा अधिवेशन गरेर जिल्ला तथा क्षेत्रीय अधिवेशन गरेको हो ।

तपाईको प्रतिक्रिया