चीनले पठायो फेरि ड्याम फुटेको सूचना, उद्वारकर्मी लगायत सबैलाई सुरक्षित स्थानमा जान अपिल

Minakshi Rai

१२ भदौ, खोटाङ । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले उद्धारमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताउनुभएको छ ।

प्रजिअ परियारले भन्नुभयो, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।

तपाईको प्रतिक्रिया