७ भदौ, खोटाङ । रिलायबल नेपाल एग्रो लिमिटेडले ‘स्वास्थ्य श्री प्रिमियम फर्स्ट प्रेस्ड मस्टर्ड आयल’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपाली उपभोक्तालाई गुणस्तरीय खाद्य उत्पादन उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले प्रिमियम श्रेणीको तोरीको तेल बजारमा ल्याएको जनाएको हो ।
चितवनको खैरहनीमा अत्याधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने प्लान्ट स्थापना गरी कम्पनीले तोरीको तेललगायत अन्य कृषि उपजमा आधारित खाद्य पदार्थ उत्पादन गर्दै आएको जनाएको छ । स्थानीय कृषि उत्पादनको विकास, कृषकलाई व्यावसायिक कृषिप्रति प्रोत्साहन तथा स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्दै चितवनलाई तेल उत्पादनको केन्द्रका रूपमा विकास गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।
कम्पनीका अनुसार ‘स्वास्थ्य श्री प्रिमियम फर्स्ट प्रेस्ड’ उच्च गुणस्तरका तोरीका दानाबाट पहिलो प्रेसिङ प्रक्रियामार्फत उत्पादन गरिएको हो । तेल उत्पादन गर्दा पुनःप्रयोग गरिएको तेल नमिसाइने भएकाले तोरीको प्राकृतिक गुण, मौलिक स्वाद र सुगन्ध कायम रहने कम्पनीको दाबी छ ।
कम्पनीले उत्पादनमा कुनै प्रिजर्भेटिभ तथा केमिकल मिसावट नगरिएको जानकारी दिएको छ । दैनिक खाना पकाउने प्रयोजनका साथै नेपाली भान्सामा प्रयोग हुने परिकारको स्वाद र गुणस्तरलाई ध्यानमा राखेर तेल तयार गरिएको कम्पनीको भनाइ छ ।
‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने अवधारणासहित अघि बढेको कम्पनीले ‘स्वास्थ्य श्री’ ब्रान्डमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय खाद्य उत्पादन उपलब्ध गराउँदै आएको जनाएको हो । कम्पनीका अनुसार तेलका प्रमुख विशेषतामा पहिलो प्रेसिङ प्रविधि, प्रिजर्भेटिभ तथा केमिकल मिसावट नगरिएको प्राकृतिक तोरीको तेल, तोरीको मौलिक स्वाद तथा सुगन्ध, गुणस्तरीय तोरीका दानाको प्रयोग र आधुनिक उत्पादन तथा फिल्ट्रेसन प्रक्रिया रहेका छन् ।


