२४ साउन, खोटाङ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकबाट तीन थरी धारणा प्राप्त गरेको बताउनुभएको छ ।
आजबाट सुरु भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भेटेको बताउनुभएको छ । सभापति थापाले भन्नुभयो,‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ ।’
त्यही कारणले प्रधानमन्त्री बालेन्द्रको दुईदिन अघिको स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको सभापति थापाले आकलन गर्नुभएको छ । नागरिकमा रहेको आक्रोशबाट कांग्रेस खुसी नभई चिन्ता लिनुपर्ने बताउनुभएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा र तत्कालीन पार्टी सभापति शेरबहादुर देउवालाई नागरिक हामीसँग रिसाएको गत भाद्र ८ गते संसदमा बताएको सभापति थापाले स्मरण गराउनुभएको छ ।
साथै, केन्द्रीय समितिको बैठकमा नागरिकले प्रतिरोध गर्नसक्ने तर्फ सचेत गराएको बताउनुभएको छ । त्यतिबेला केन्द्रीय समितिमा भनिएको स्मरण गर्नु हुदैँ भन्नुभयो,‘जनताको बारेमा कसैले जिम्मेवारी लिनु आवश्यक छैन भनियो । नागरिक र जनताको बारेमा तिमिहरुले भनेर हुँदैन भनियो । हामीले जितेर आएका छौं भनियो ।’
२३ र २४ भदौ एकाएक नआएको बताउनुहुदँै सभापति थापाले आक्रोश एकमुष्ट अवस्था फागुन २१ गते व्यालेटमा देखिएको बताउनुभएको छ ।


