२४ साउन, खोटाङ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्दैछ ।
यो विषयमा छलफल गर्न लेखा समितिले आगामी मंगलबार बिहान ११ बजे बैठक राखेको छ । बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमै बस्नेछ ।
समिति सभापति भरतबहादुर खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर जेलकै जलेका स्रेस्ताहरूको सम्बन्धमा छलफल गर्न लागिएको हो ।
छलफलमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ । जेनजी आन्दोलनमा कागजात जलेको भनेर लेखा परीक्षण नभएको विषयमा लेखा समितिले छलफल गर्न लागेको हो ।


