खोटाङ, १९ असार । शाओमीले सुनसरीको इटहरीचोक, धरान लाईनको हिकोला कलरल्याबसँगै आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शाओमी प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले सर्भिस सेन्टर स्थापना गरेको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस व्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्ने जनाइएको छ ।
शाओमीको यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्ने जनाइएको छ । टेलिडाइरेक्ट रमेश कर्पअन्तरगतको कम्पनी हो । जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।
सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि छिट्टै आकर्षक छुट योजनाको घोषणा गर्ने जनाएको छ । छुट सम्बन्धि जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन सकिने जनाइएको छ ।
नयाँ सर्भिस सेन्टरमा ग्राहकका लागि विशेष ‘कस्टमर एक्सपेरियन्स जोन’ पनि राखिएको छ जनाइएको । यस जोनमा ग्राहकहरूले शाओमीका विभिन्न उत्पादनहरू प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न र अनुभव गर्न सक्नेछन् ।
इटहरीमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको टेलिडाइरेक्ट प्रा.लि.का जनरल मेनेजर दीपक श्रेष्ठले बताउनुभएको छ । उहाँले ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै नेपालभर बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहेकाले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउने कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टर आधुनिक डिजाइन र सुविधासुक्त रहेको जनाइएको छ ।


