हलेसी खबर
दिक्तेल, २४ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १३ नुनथला उज्यालो वडा बनेको छ । नुनथलाको साविक पुरानो वडा ७ र ९ वडामा पर्ने घुनथलामा विजुली विस्तार गरिएसँगै नुनथला पूर्णरुपमा विद्युतीकरण भएको वडामा परिणत भएको हो ।
असोज २३ गतेबाट विद्युत प्राधिकरण र स्थानीय समुदायले सम्पूर्णकाम सकेपछि नुनथलाका सबै ठाउँमा बत्ति बल्न थालेको वडा अध्यक्ष भीम राईले जानकारी दिनुभयाे । उहाँले यस कार्यका लागि सहयोग गर्ने विद्युत प्राधिकरण शाखा खोटाङ तथा व्यवस्थापकीय सहयोग गर्ने स्थानीय सम्पूर्ण युवालाई समेत धन्यवाद दिनुभयो।
सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिनुभएको वडाअध्यक्ष राईले आफ्नो कार्यकालभित्रै उज्यालो नुनथला बनाउने घोषणा गरेको काम पुरा गर्न पाएकोमा खुशी समेत व्यक्त गर्नुभएकाे छ ।


