एक नम्बर प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीबीच कार्यसम्पादन सम्झौता


साउन,१९ विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईबीच आज कार्य सम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यसम्पादन सम्झौता भएको सामाजिक विकास मन्त्री राईले बताउनुभयो ।

प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, प्रदेश सरकारको प्रथम आवधिक योजना उल्लिखत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालीन सोच प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पूरा गर्न, विभागिय मन्त्रीका रुपमा कामको फस्र्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासाथ गर्दै मूख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईबीच कार्य सम्पादन सम्झौता भएको जनाइएको छ ।

सम्झौता अनुसार सामाजिक विकास मन्त्री राईले नेपालको संविधान अनुसूची ६, ७ र ९ र प्रदेश सरकार नियमावली २०७४ को नियम ५ सँग सम्वन्धित विषय संख्या ५ बमोजिम कार्ययोजना बनाई कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
कार्यसम्पादन सम्झौता अनुसार मूख्यमन्त्री राईबाट नियमित अनुगमन तथा मन्त्रालय स्तरिय समस्या समाधान समितिमा समीक्षा हुने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया