काठमान्डौं ,२८असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको आदेश संसदीय व्यवस्था विपरीत भएको बताउनुभयो ।
पुर्वमन्त्री तामाङले सर्वोच्चको आदेशप्रति मागिएको प्रतिक्रियामा एमाले कार्यालय सचिव समेत रहनुभएको उहाँले अदालतबाट राजनीतिक प्रकृतिको फैसला आउन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद् पुनःस्थापना सम्म हुन सक्थो होला, तर व्यक्तिलाई प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्था विपरीतको कुरा हो, दुनियाँको जुनसुकै मुलुकमा गए पनि लोकतन्त्रिक व्यवस्थामा प्रधानमन्त्री चुन्ने जनप्रतिनिधिले हो ।’


