अभद्र व्यवहार गरि गाडी चलाउने युवक पक्राउ


खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने एक चालकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी ना १ ज ५६६१ नम्बरको टाटा सुमो गाडी चलाउने काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका-३ का सन्तबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कमा मादक पदार्थ सेवन गरेर गाडी चलाउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अश्लिल बोलीबचन प्रयोग गरी गालीगलौज तथा हो-हल्ला गर्दै अभद्र व्यवहार गरेको भन्दै चालक राईलाई सोमबार गाडी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालक विरुद्ध अभद्र व्यवहार कसुर मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट मंगलबार म्याद थप अमुमती लिएर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता एवम् प्रहरी निरिक्षक सागर शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया