राजन ठटाल
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चौथो नगर दिवसको अवसरमा छ वटा कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ । शुुक्रबार नगरपालिकाले आफ्नो चौथो नगरसभा दिवस मनाउँदै छ वटा कार्यक्रम एकैसाथ सम्पन्न पारेको हो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा ठूलो रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाका प्रत्येक आमा समूहलाई एक–एक थान कुटानी ,पिसानी मिल नगरप्रमुख दिपनारायण रिजालले आज हस्तानतरण गर्नुभएको हो । यस्तै,नगरदिवसकै अवसरमा आरण पेसालाई सम्वद्र्धन र प्रवद्र्धधन गर्ने उद्देश्यले प्रत्येक वडाका एकएक जना गरि १५ जनालाई ओलडिङ मेसिन आरण हस्तान्तरण गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।
नगर क्षेत्रभित्र नौमत्ति बाझा लोप हूुदै गएकाले त्यसलाई संरक्षण तथा प्रवद्र्ध्धन गर्ने उद्देश्यले नौमत्ती बाझा एक थान हस्तान्तरण गरिएको छ । केही गर्छु भन्ने फरक क्षमता भएका पाँच जना व्यक्तिहरूलाई जनही नगद रु १५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको साथै गर्भवती महिलाहरुको पोषण झोलाको कार्यक्रम सुभारम्भ गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।
त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की अति विपन्न,एकल महिला अम्बिका खतिवडालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तरगत भुकम्प प्रतिरोधात्मक एक तले पक्कि घर निर्माण गरि हस्तान्तरण गरिएको नगर उपप्रमुख विणादेवी राइेले हलेसी खबरलाई बताउनुभयो ।


