सेवाग्राहीसंग घुस लिदैँ गर्दा पुनर्निर्माण प्राधिकरणका सव–ईन्जिनियर रंगेहात पक्राउ


 

खोटाङ । ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिदैँ गर्दा पुनर्निर्माण प्राधिकरणका  सव–ईन्जिनियर रंगेहात पक्राउ परेका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई (जिमाली) बाट सिनपा १ मा खटिएका सव–ईन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

सव–ईन्जिनियर पासवानले भुकम्प पीडितलाई तेस्रो किस्ताको रकम निकासा गरिदिन्छु भन्दै सेवाग्राहीबाट नगद रु ३० हजार घुस लिदै गरेको गोप्य  सूचनाको आधारमा निशंखेबाट रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक  गोविन्द काफ्लेले बताउनुभयो ।

सेवाग्राहीसंग घुस लिएको पुष्ट्री भएसँगै आज बिहानै रकम सहित अख्तियार दुरुपयोग अनुसन्धन आयोग काठमाण्डौँ पठाएको काफ्लले बताउनुभयो ।

तपाईको प्रतिक्रिया