काठमाडौं उपत्यकामा सञ्चालन हुन थाल्यो सार्वजनिक बस


खोटाङ । काठमडौं उपत्यकामा आज बिहान देखि सार्वजनिक बस सञ्चालन हुन थालेका छन् ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बसेको बैठकको निणर्य अनुसार ठीक दुई महीना पछि आजदेखि सार्वजनिक बस सञ्चालन हुन थालेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।
उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन छन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्था अनिवार्य पूरा गर्नुपर्ने प्रशासनले जनाएको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन ।काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर–बिजोर प्रणाली अनुसार नै सञ्चालन भई रहेका थिए ।

तपाईको प्रतिक्रिया