खोटाङ ।खोटाङमा एक १६ वर्षीया नाबालिकालाई जंङलमा बोलाएर जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङकी एक नबालिकालाई ललाईफकाइ गरि बुधबार बेलुकी राति ९ बजेको समयमा नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।
पीडित नाबालिकाले राईले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा राईलाई पक्राउ गरि थप आवश्यक अनुसन्धान सुरु गरिरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।


