एकै दिन करिब ८ हजार जनाले जिते कोरोना


काठमाडौँ, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जनाले कोरोता जितेका छन् । यो सहित निको हुनेको संख्या ३ लाख ५२ हजार ४२४ जना पुगेको छ ।

गत २४ घण्टामा थप १ हजार १७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३५८ जना रहेको छ । २४ घण्टामा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ६५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया