खोटाङ, नेकपा एमाले खोटाङले नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि सचेतना फैलाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै एमालेले विभिन्न सचेतना फैलाउँदै कोरोना रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पु¥याउन मातहतका कमिटिलाई निर्देशन दिएको हो । एमाले अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञाप्तीमा महामारीकाबेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद दिँदै कोरोना बिरुद्ध सचेतना फैलाएर उनीहरुको मनोवल उच्च पार्ने खालको क्रियाकलापमा परिचालन हुन जिल्ला कमिटि, नगर कमिटि, गाउँ कमिटि, वडा कमिटि, टोल कमिटि र जनवर्गीय संगठनलाई भनिएको छ ।
एमालेले कोभिड–१९ बाट बच्न र बचाउनका लागि सरकारले जारी गरेको मापदण्डको पालना गर्न सबैलाई आग्रह गरेको छ । विज्ञाप्तीमा कोभिड–१९ को महामारी फैलिरहेको जोखिमपूर्ण अवस्थामा धेरै संख्यामा भेला हुने, भिडभाड गर्ने, बैठक, प्रशिक्षण, छलफल, विवाह, ब्रतबन्ध, धार्मिक तथा साँस्कृतिक कार्यहरु जस्ता गतिविधि गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्दै तोकिएको संख्यामा भन्दा बढि भिडभाड नगर्न, अनिवार्य रुपमा दुरी कायम गर्न तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र यस्ता कार्य गर्न÷गराउन आग्रह गरिएको छ । ‘यो संक्रमण फैलिन नदिन सावधानी, सचेतना र जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अथक प्रयास गरिरहेको छ । संक्रमितको संख्या, आवत–जावत हेरेर लकडाउन, निषेधाज्ञा समेत गर्नुपर्ने यो अवस्थामा सरकारलाई सहयोग गर्नु आम नागरिकको दायित्व पनि हो ।’
कोरोनाकाे महामारिमा स्वयमंसेबक बनेर खट्न कार्यकर्तालाई एमालेकाे निर्देशन
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
- २. दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण
- ३. दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य
- ४. खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
- ५. बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो
- ६. मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना


