एमाले खोटाङ इन्चार्जमा विशाल भट्टराई


काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य विशाल भट्टराई लाई खोटाङ जिल्ला इन्चार्ज तोकेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले भट्टराईलाई जिल्ला इन्चार्ज तोकेको हो । खोटाङको खोटेहाङ गाउँपालिका निवासी भट्टराई नेकपा एमाले संसदीय दलको मुख्य सचेतक समेत हुनु हुन्छ ।

विगत लामो समय देखि ईन्चार्जको भुमिका रहनु भएका भट्टराई एमाले माओबादी पार्टी एकता भएर नेकपा बन्दा पनि जिल्ला ईन्चार्जको भुमिकामा रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया