उपमेयर राई जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित


खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कि उपप्रमुख विणादेवी राई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पदकबाट विभुषित गर्नुभएको हो ।

नेपाल सरकारले प्रदान गर्ने पदक पाउने खोटाङ जिल्लाकै पहिलो जनप्रतिनिधि बन्न सफल हुनुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सरकारले विभूषण प्रदान गर्ने गरेको छ ।

यसैबीच,नगरउपप्रमुख राई सँगै झापाको दमक नगरपालिकाका नगरउपप्रमुख गिता अधिकारी, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका नगरउपप्रमुख कल्पना राई र बाजुराको बुढीनन्दा नगरपालिकाकि सृष्टि रेग्मी पनि प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया