सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समितिमा रिक्त रहेको पाँच सदस्यमा नियुक्त गरेका हुन् ।
मन्त्रीस्तरीय निर्णय अनुसार, उनीहरुलाई २ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको स्रोतले बताएको छ ।
विगतमा काठमाडौं केन्द्रीत नियुक्तिलाई तोड्दै मन्त्री गुरुङले मोफसलका पत्रकारहरुलाई अवसर दिएका छन् ।
नियुक्ति पाउनेहरुमा नवराज महतरा (हुम्ला), बिमला पाण्डे (सिन्धुली), गिरु भण्डारी (प्युठान), गोपाल तिवारी (धादिङ) र ऋषि श्रेष्ठ (भक्तपुर) छन् ।


