जनजाति महासंघको महाधिवेसन अब चाँडै हुन्छ : अध्यक्ष बराम

Halesi Khabar

काठमाडौँ, ७ माघ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को महाधिवेसन अब चाँडै हुने भएको छ । कार्यकाल सकिएको एक वर्ष बितिसक्दा पनि कोरोनाका कारण महाधिवेसन गर्न नसकेको हो ।

गत जेठ महिनामा महाधिवेसनको मिति तय भएपनि कोरोनाका कारण अहिलेसम्म पनि हुन सकेको छैन । कोरोना जोखिम कम हुँदै गएकाले अब चाँडै नै महाधिवेसनको मिति तय गर्ने तयारीमा महासंघ छ ।

‘गत जेठ महिनामा महाधिवेसनको मिति तय भएको थियो, कोरोनाले गर्दा स्थगित भयो’ महासंघका अध्यक्ष जगत बराम भन्नुहुन्छ, ‘ठ्याक्कै त मिति तोकिएको छैन तर चैतको दोस्रो सातातिर गर्ने तयारीमा छौं ।’

महासंघमा विभिन्न जातीय समुदाय, जिल्ला, प्रदेश र संस्थागत सदस्य संगठनहरु आवद्ध छन् । महासंघको विधान संशोधनको सवाल पनि पेचिलो बन्दै आएको छ । विधान संशोधनका लागि पहल भए पनि ठोस निचोडमा नपुगेको बताइन्छ ।

तपाईको प्रतिक्रिया