काठमाडौँ, ४ माघ । संसद विघटनको मुद्दा चाँडै किनारा लगाउन सर्वोच्च अदालतको संवैधानिक इजलास दैनिक बस्ने भएको छ । यसअघि हरेक बुधबार र शुक्रबार बस्दै आएको इजलास भोलिदेखि दैनिक बस्ने भएको हो ।
आजको इजलासमा रिट निवेदकको तर्फबाट अभिवक्ताहरुले बहस गरेका थिए । बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र अधिवक्ता भीमार्जुन आचार्यबीच केहीबेर सवालजवाफसमेत भएको थियो ।
प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त दलले र त्यसले छानेको प्रधानमन्त्रीले सरकार बनाउनै पर्ने हो भन्दै आचार्यलाई प्रश्न गर्नुभएको छ । उनीहरुले नचाहेको खण्डमा पनि सरकार चलाउनै पर्ने भन्ने उहाँको प्रश्न छ ।


