काठमाडौँ, १ माघ । आज माघ १ गते, माघे सक्रान्ति । माघे सक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवम् माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभएको हो ।
माघे सङ्क्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ । उहाँले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
माघे सक्रान्ति चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो ।


