खोटाङ, ७ पुस । आफैले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जिव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
करीब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि हिजो सोमबार दाजुु सञ्जिवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो ।
हत्या हुुनुुभन्दा अघिल्लो राति दाजुु सञ्जिवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफै हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान दिनेशले बताउनुुभयो । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जिवले सकुुन्तलालाई साथैमा लगेर जानुुभयो”, उहाँले भन्नुुभयो, “घरबाट हिँडेको केहि समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला प¥यो ।”
भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुन सक्ने सकुुन्तलाका भाइ समिर राईले बताउनुुुुभयो । “दाजुु सञ्जिवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उहाँले भन्नुुभयो, “आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजुु सञ्जिवलाई कडाभन्दा कडा कारवाही गरियोस् ।”
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश भर्खरै वैदेसिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेसिया बसेर हालै घर आउनुुभएको थियो । भाइ समिरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेसिक रोजगारीको सिलसिलामा मलेसिया रहेको समयमा काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन् ।
केहि समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जिवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताउनुुभयो । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।
घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुुभयो । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुुभयो, “हत्यारा नियन्त्रणमा रहेकाले केहि समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।”
दाजुुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा निलडाम देखिएको आफन्तले बताएका छन् । उत्तिसको लाथ्रो (लौरो)ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि भाइतीपक्षले जिम्मा लिएर दाहसँस्कार गरेका छन् ।
यसैबीच, निर्माणाधिन घरको पर्खालबाट लडेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका २४ वर्षीय दिपेन्द्र राईको मृत्यु भएको छ । दिप्रङु चुुइचुम्मा गाउँपालिका–१ याम्खामा घर निर्माण गर्नेक्रममा सोमबार लडेर गम्भीर घाइते भएका राईको उपचारका लागि काठमाडौँ लैजानेक्रममा गएराति नेपालथोक पुगेपछि मृत्यु भएको आफन्त राजेन्द्र राईले बताउनुुभयो ।
मिस्त्रीको काम गर्दैआएका उनी पर्खाल लगाउन घरको तलामा चढेका बेला लडेर गम्भीर भाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । लडेर गम्भीर घाइते भएका मृतक राईलाई एम्बुलेन्समार्फत उपचारमा लगिएको थियो ।
मृतक राईका श्रीमती र एक वर्षका छोरा छन् । निम्न आर्थिक अवस्थाका राईको मजदुरीकै क्रममा ज्यान गएपछि परिवारको विचल्ली भएको छ ।


