हलेसी खबर
दिक्तेल, १९ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्रोतबाटै फोहोरको वर्गीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विभिन्न राजनीतिक दल, टोलबिकास समिति, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, बिद्यालय, यातायात व्यवसायी लगायत समाजका अगुवा ब्यक्तिहरुको उपस्थितिमा शुत्रबार अन्तरक्रिया सम्पन्न भएको हो ।
नगरपालिकाका मेयर दिपनारायण रिजालको अध्यक्षतामा सम्पन्न भएको छलफल तथा अन्र्तकृया कार्यक्रममा फोहोरको शुरुमै स्रोत वर्गिकरण गरेर पुनः उपयोग हुने नहुने फोहर छुट्टयाउन पर्ने बताईएको छ । कुहिने, नकुहिने र सिसाजन्य फोहोरलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा भएको छलफलले निम्न निष्कर्श निकालेको मेयर दिपनाराय रिजालको सचिवालयले जानकारी दिएको छ ।
छलफलपछिको निश्कर्षमा सागसब्जी, घांसपात, फलफूल, खानेकुरा, धुलो कसिंगर जस्ता घरबाट निस्किएका फोहोर बेग्लै राख्ने र उक्त फोहोर आइतबार र बिहिवार ढुवानी गरेर कम्पोस्ट प्लान्टमा लैजाने भनिएको छ । यस्तै सकेसम्म फोहोर कम निकाल्ने र निस्किएका फोहोरहरुलाई कुहिने, नकुहिने र सिसाजन्य फोहोर गरि घरमै वर्गीकरण गरेर राख्नु पर्ने उल्लेख छ । बजारमा राखिएका डस्बिनमा बाटोमा हिड्ने मानिसहरुबाट निस्केको फोहोर मात्र राख्ने व्यवस्था गरिने छ भने बजारमा निस्केको दिशाजन्य फोहर कम्पोष्ट प्लान्टमा लैजाने व्यवस्था गरिने छ ।
राजनीतिक दल तथा नेतागण, समाजसेवी, शिक्षक, संघसंस्थाहरुले सरसफाइ तथा फोहोरमैला ब्यबस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्नु पर्ने र नगरपालिकाले फोहोरमैला तथा सरसफाइ सम्बन्धि आवश्यक निति नियम बनाएर कार्यान्वयनमा लैजानु पर्ने छ ।
यस्तै टोल बिकास समितिले फोहोरमैला तथा सरसफाइ व्यवस्थापन सम्बन्धि जनचेतना जगाउने किसिमका कार्यक्रमहरु बनाउने तथा बिद्यालयहरुले स्रोतबाटै वर्गीकरण गरि फोहोरमैला व्यवस्थापन गर्ने कुराको सिकाइगरि बिद्यार्थी मार्फत अभिभावकहरु सम्म सूचना तथा सन्देश पु¥याउने छलफलको निश्कर्ष रहेको सचिवालयले जनाएको छ ।
फोहोर व्यवस्थापन सम्बन्धि अन्तरकृया सम्पन्न
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


