हलेसी खबर
साकेला, १८ मंसिर । साकेला गाउँ पालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु भएको छ । नवयुवा फुलपाती सेवा समाज र साकेला गाउँपालिकाको सहकार्यमा सो अभियानको पहिलो चरणको कार्यक्रम शुरु भएको हो ।
साकेला गाउँपालिकाका सबै वडामा स्वास्थ्य तथा सरसफाई सम्बन्धि सचेतना फैलाउने उदेश्यका साथ पालिकामा विहिबार ५ दिने प्रशिक्षक प्रशिक्षण (त्इत्) तालिम सकिएको छ । गाउँपालिकामा रहेको ५ वटा वडा मध्ये वडा नं १ बाहेकका ४ वटा वडाबाट १५ जनाको सहभागिता रहेको तालिममा पुर्ण स्वास्थ्य सरसफाई सम्बन्धि प्रशिक्षकहरुलाई प्रशिक्षण दिईएको थियो ।
मंसिर १४ गतेबाट शुरु भएको तालिमको विहिबार समापन गर्दै साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले साकेला गाउँपालिकालाई पुर्ण सरसफाईयुक्त पालिका बनाउने घोषणा गरेका छन् ।
नवयुवा फुलपाती सेवा समाजका अध्यक्ष धनप्रसाद गिरि, कार्यक्रम निर्देशक पेम्बा तामाङ लगायतको उपस्थितीमा भएको कार्यक्रममा मुख्य प्रशिक्षक जनक गिरि र रविन्द्र पुलामी मगरले तालिमको सहजीकरण गरेका थिए ।
साकेलालाई पुर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


