खाेटाङ, ९ कात्तिक : जिल्ला समन्वय समिति खाेटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियामा एकै दिन काेराेना पुष्टि भएकाे छ । शनिबार अाठ जनाकाे स्वाब सङ्कलन गरेर परीक्षणमा विराटनगर पठाइएकामा समन्वय प्रमुख चाम्लिङ, प्रजिअ शर्मा र प्रनाउ चिमरियाकाे रिपाेर्ट पाेजेटिभ अाएकाे हाे ।
जिल्लाका तीनवटै निकायका प्रमुखमा काेराेना पुष्टि भएपछि उक्त कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएकाे जनाइएकाे छ ।अाइतबार गरिएकाे स्वाब परीक्षणमा अाफूहरुकाे रिपाेर्ट पाेजेटिभ अाएपछि सबै जना सेल्फ क्वारेन्टिनमा बसिएकाे प्रजिअ पाैडेलले बताउनुभयाे ।
अाइतबार काेराेना पुष्टि भएका तीनै जना जनसम्पर्कमा रहने कार्यालयका प्रमुख व्यक्ति भएकाले उहाँहरुकाे कन्ट्रयाक ट्रेसिङकाे काम शुरु गरिएकाे जिल्ला स्वास्थ्य कार्यालय खाेटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयाे । समन्वय प्रमुख, प्रजिअ र प्रनाउलाई काेराेना पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितकाे सङ्ख्या ३७ पुगेकाे छ ।
दश स्थानीय तह रहेकाे जिल्लामा २७ जना उपचारपछि घर फर्किसकेका छन् भने, दश जना उपचाररत छन् । विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे सङ्क्रमण समुदायस्तरमा पुग्न थालेपछि जिल्लामा उच्च सतर्कता अपनाइएकाे छ ।
हिन्दु नेपालीहरुकाे महान चाड दशैँ, तिहार, छट लगायत अा-अाफ्नै घरमा बसेर मनाउन यसअघि नै प्रशासनले अाग्रह गरेकाे थियाे । चाडपर्वमा मन्दिर, मस्जित तथा शक्तिपिठमा गरिने भजनकिर्तन, पूजापाठ, बलि लगायतासमेत प्रशासनले राेक लगाएकाे छ ।
समन्वय प्रमुख, प्रजिअ र प्रनाउमा एकै दिन काेराेना पुष्टि
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


