नेकपा सचिवालय बैठक ः सहमतिमा निकास दिन दुवै पक्ष तयार

Halesi Khabar

काठमाडौँ । आ–आफ्ना अडानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको हो ।

सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौँ भन्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बता उनुभयो । “छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ । बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

चिवालयको बैठकपछि आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपा बैठक असार १८ यता ५ पटक स्थगित भएर आइतबारसम्मका लागि सारिएको छ ।

तपाईको प्रतिक्रिया