खोटाङ, केपिलासगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ३३ करोड ८५ लाख, ३४ हजार बजेट पारित गरेको छ । कृषि,स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकता दिदै आगामि आबको लागि जनमुखि बजेट पारित गरेको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनु भयो ।
पालिकाले आ.व.२०७७।७८ मा आय तर्फ संघीय सरकारबाट वित्त ीय समानीकरण अनुदान अन्र्तगत रु ७ करोड ८३ लाख, राजश्व बाडफाँडबाट रु.६ करोड ५७ लाख ५४ हजार रुपैया, र प्रदेश सरकारबाट वित्तिय समानीकरण बजेट रु ६९ लाख ९८ हजार, प्रदेश सवारी साधन कर वाँडफाड ३४ लाख ८२ हजार,र आन्तरिक श्रोतबाट संकलन हुने राजश्व रु १०लाख गरि कुल निशर्त बजेट सीमा जम्मा १५ करोड ५५ लाख ३४हजार प्रक्षेपण गरि बाडँफाँड गरिएको अध्यक्ष राईले बताउनु भयो ।
संघीय सशर्त अनुदान रकम रु.१५ करोड ३९ लाख,संघीय सरकार विशेष अनुदान चालु १ करोड २० लाखर प्रदेश सशर्त ७१ लाख र प्रदेश समपुरक अनुदान १ करोड गरि जम्मा १८ करोड ३० लाख मात्र प्राप्त भएको छ ।
यस्तो छ केपिलासगढी गाउँपालिकाले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम पुरा हेर्न यहाँ तल क्लीक गर्नुस ।


