खोटाङ, जन्तेढुङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ३३ करोड ३० लाख २७ हजार ३ सय २२ रुपैयाँको बजेट पारित गरेको अध्यक्ष शंकरबहादुर राईले बताउनु भयोे । पालिकाले चालु तर्फ ४ करोड ८८ लाख २३ हजार र पुजिगत तर्फ ९ करोड ७९ लाख ६३ हजार विनियोजन गरेको छ ।
कोरोना कहरका विच लड्दै गाउँपालिकाले रोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने निति लिएको छ । कोरोनाका कारण मानव जाति माथि सबैभन्दा ठुलो संकटका वाबजुत गाउँबासीहरको जीवन रक्षा र विकास निर्माण तथा आर्थिक व्यवस्थालाई गतिशिल र चलायमान बनाउने दृढ विश्वास सहितको बजेट विनियोजन गरेको अध्यक्ष राईले बताउनु भयो ।
कोभिड–१९ बाट सिर्जित संकटबाट छुटकारा पाउनको निम्ति कृषि, शिक्षा स्वास्थ्य रोजगारी,स्थानिय उत्पादनमा वुद्धि लगायतका आर्थिक विकासमा प्रत्यक्ष योगदान पु¥याउने स्थानिय साना तथा ठुला गौरवका आयोजनालाई प्राथामिकतामा राखेर बजेट ल्याईएको जनाईएको छ ।
प्रत्येक गाउँ तथा वडालाई कृषिमा आत्मनिर्भर बनाउने, उच्च दिगो र फराकिलो आर्थिक विकास गर्ने पुर्वाधार, समृद्ध,समुन्नत र अर्गानिक गाउँपालिका बनाउने, विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशि र समन्यायिक विकास गर्ने का साथै गाउँपालिककाबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गुरगाईले बताउनु भयो ।
यस्तो छ जन्तेढुङ्गा गाउँपालिकाले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम पुरा हेर्न यहाँ तल क्लीक गर्नुस ।


