दिक्तेल नगरपालिकाले ल्यायो ७७ करोड बढि बजेट, कृषि र रोजगारलाई प्राथामिकता

Halesi Khabar

दिक्तेल   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७७ करोड बढि बजेट ल्याएको छ । बुधवार सम्पन्न चौथो नगरसभावाट कुल रु ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाको बजेट पारित गरिएको मेयर दिपनारायण रिजालले बताउनु भयो ।

कोरोना कहरका विच नगरपालिकाले कृषकको अनुहारमा खुसि ल्याउने गरि बजेट ल्याएको छ । बजेट प्रस्तुत गर्दै मेयर रिजालले भन्नु भयो, कोरोनाका कारण मानव जाति माथि सबैभन्दा ठुलो संकटका वाबजुत नगरवासीहरुको जीवन रक्षा र विकास निर्माण तथा आर्थिक व्यवस्थालाई गतिशिल र चलायमान बनाउने दृढ विश्वास सहितको बजेट विनियोजन गरेको छु ।

कोभिड–१९ बाट सिर्जित संकटबाट छुटकारा पाउनको निम्ति कृषि, रोजगारी,स्थानिय उत्पादनमा वुद्धि लगायतका आर्थिक विकासमा प्रत्यक्ष योगदान पु¥याउने स्थानिय साना तथा ठुला गौरवका आयोजनालाई प्राथामिकतामा राखेर बजेट ल्याईएको छ ।

प्रत्येक गाउँ तथा वडालाई कृषिमा आत्मनिर्भर बनाउने, उच्च दिगो र फराकिलो आर्थिक विकास गर्ने पुर्वाधार, समृद्ध,समुन्नत र अर्गानिक नगर बनाउने, विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशि र समन्यायिक विकास गर्ने का साथै नगरबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित बजेट विनियोजन गरिएको उपमेयर विणादेवी राईले बताउनु भयो । महिलासगँ उपमेयर कार्यक्रमलाई निरन्तरता दिएको बताउदै उपमेयर राईले भन्नु भयो, यो बर्ष नगरका हरेक आमा दिदि बहीनिहरको अनुहारमा खुसिल्याउने कार्यक्रम बनाउछु ।
यस्तो छ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्याएको निति तथा कार्यक्रम

पुरा बजेट हेर्न तल क्लीक गर्नुस

Budget-speech-2077-78-shr

01-policy-2077-78-22

तपाईको प्रतिक्रिया