सांसद भट्टराईले गरेका १० अपराध भन्दै सामजिक सञ्जालमा चौतर्फी प्रशंसा

Halesi Khabar

खोटाङ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका १० अपराध भन्दै सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा शुरु भएको छ । लकडाउनको समयमा स्वास्थ्य सामग्री ल्याएर जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरेको भन्दै काँग्रेस खोटाङका केहि नेताले बिरोध जनाएपछि नेकपाका नेता कार्यकर्ता तथा आम सर्वसाधारणले त्यसको खण्डन स्वरुप के विशाल भट्टराईले जिल्लाको लागि अपराधै गरेको हो त भन्दै आधार सहित चौतर्फी प्रशंसा गरेका हुन् ।

कोरोनाको कहरमा अति कष्टपूर्ण ढङ्गले स्वास्थ्य सामाग्री ल्याएकोमा धन्यबाद दिनुको सट्टा विरोध जनाएको भन्दै कि आफूले गरेर देखाउनु कि अरुले गरेको कामलाई गरेको हो भनेर भन्न नसक्ने आरिसेपनलाई आम नागरिकले आधार सहित गतिलो झापट दिएका छन् । सांसद भट्टराई अहिलेसम्म कुनै कुरामा न मुछिएको र निस्वार्थ जनताको पक्षका काम गर्ने नेता भएको भन्दै राष्ट्रिय युवा सङ्घ नेपालका सह–संयोजक रमेश पौडेलले झुटको खेती नगर्न काँग्रेसलाई आग्रह गर्नुभएको छ ।

नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा नेकपाका युवा नेता नबराज रोकाले लेखेर प्रकाशन गरेको दश बुदे स्टाटस शेयर गर्नुहुँदै भन्नुभयो, “विरोध गर्ने कुनै तुक नपाएर काँग्रेसले कोरोनामा राजनीति गर्न खोज्यो तर जनताले स्पष्ट पारेका छन् ।” नेता रोकाले लेख्नुभएको स्टाटस यस्तो रहेको छ ः

१. सांसद भएपछि काठमाडौँमा घर बनाउनुपर्ने । पटक पटक निर्वाचित हुँदासम्म काठमाडौँमा घर बनाएकै छैन । यत्तिको चलखेल गर्न सक्ने माननीयले चिल्लो कारमा हिड्नु पर्ने अहिले सम्म सडकमा लखर लखर हिड्ने गरेको छ ।

२. कानुन बनाउने बिधायकको रुपमा निर्वाचित भएको मानिसको मान्छे बिरामी परेछ ? कस्को के काम नभएर अड्किएछ ? भनेर बिरामी हेर्दै, समाधान खोज्दै हस्पिटल, कार्यालय अनि जनजनको घर डेरा मा पुग्ने गरेको छ ।

३. आफ्नो हैसियतको ख्याल नै नगरी खोटाङका गाउँ गाउँ पुगेर विकासको काम गर्ने मात्र हैन सानो सानो योजनाको बिस्तार अनि अनुगमनमा ख्याल गर्ने गरेको छ ।
४. अरु त अरु आफ्ना काका बितेर मलामी जाँदा समेत खोटाङमा पार्ने योजनाका बारेमा मात्र छलफल गर्छ ।

५. आफ्नोे पदको हैसियत बिर्सेर बिहान ५ बजे देखि मोबाइलमा आएका प्रत्येक झिना मसिना कलहरु सबै रिसिभ गर्दै जनताका दुःख गुनासाहरु सुन्ने गर्छ बोल्दै गर्दा अरु कल आए भने कल ब्याक गरेर सोध्छ ।

६. कहिल्यै आफ्नो लागि कसै सङ केही माग्दैन, आजसम्म जाबो रक्सी समेत खान जान्दैन । बेलुका घर पुग्दा नमाती पुग्ने गर्छ ।

७. सबैभन्दा बढी आफ्नो जिल्ला ,गाउँ (घर जाने सांसदभित्र उस्कै नाम आउँछ अनि संसदको महत्वपूर्ण कुनै बैठक पनि छुटाएको हुँदैन ।

८. आजसम्म कुनै भ्रष्टाचार काण्डमा मुछिएकै छैन यो त ठूलो हुने लक्षण नै भएन नि ? यस्ताले कसरी खोटाङको विकास गर्दछ ?

९.खोटाङबाट काठमाडौँ आएर बसेका कोरोनाको कारण लक डाउनमा परि दुःखमा परेका जनतालाई सरकारी बजेट खर्च गरि २ जना कर्मचारी राखेर बाड्नु पर्ने राहत सबै सङ सहयोग माग्दै राज्यकोषबाट रु.१ खर्च नगरी आफैं चामलको बोरा बोक्दै जनताको घर घरमा जान्छ ।

१०. खोटाङमा कोरोना पोजिटिभ देखिँदा औषधि अनि जाच्ने कीटको अभाव महसुश गर्दै मन्त्रालय बिभागमा विशेष अनुरोध गर्दछ अनि पाएको औषधि आफैं बोकेर खोटाङ जान्छ कसैलाई खान दिदैन ।

यस्ता अपराध गर्नेलाई कारबाही नगरे कस्लाई गर्ने ? क्वारेन्टाइनमा हैन आइसोलेशन मै राख्नुपर्दछ ।

तपाईको प्रतिक्रिया