खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाबाट ३४ जनाको पिसिआर टेष्ट गर्नका लागि थ्रोट स्वाब पठाइएको छ । कोरोना भाइरसको संक्रमण भए÷नभएको यकिन गर्न नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठमडौंबाट उद्दार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको पिसिआर टेष्ट गर्न स्वाव पठाइएको हो ।
उनीहरुको स्वाव संकलन गरेर शुक्रबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । कामका सिलसिलामा आशंका गरिएको व्यक्तीको नजिकमा बढि पुगेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिव लगायतको स्वाव पिसिआर टेष्टमा पठाइएको हो ।
तीन दिनभित्रमा ३३ जनाको पिसिआर रिपोर्ट आउने नगरपालिकाले जनाएको छ । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हाल ९ जना छन् ।
हालसम्म क्वारेन्टाइनबाट ३४ जना घर फर्किसकेका छन् । क्वारेन्टाइनमा दुई जना नगरपालिकाकै कर्मचारीलाई समेत राखिएको छ ।
पिसिआर टेष्ट गर्न हलेसीका ३४ जनाको स्वाब धरान पठाइयो
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो, करोडौँको क्षति
- २. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- ३. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ४. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ५. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ६. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि


