लकडाउन कार्यान्वयनमा प्रहरीको सक्रियता, उल्लङ्घन गर्नेलाई सडकमै दुई घण्टा उभ्याउँदै

Halesi Khabar

खोटाङ, १ जेठ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन लकडाउन उल्लङ्घन गर्नेलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बिच सडकमा उभ्याउन थालेको छ । नेपालमा कोरोना सङ्क्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्लामा थप सतर्कता अपनाउन लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरीले सडकमै उभ्याउन थालेको हो ।

आज बिहिबार मात्रै दिक्तेलस्थित त्रिवणी चोकमा २० जना र बेसक्याममा पाँच जनालाई २ घण्टा सडकमा उभ्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । “बन्दाबन्दी उल्लघङ्न गरेका उनीहरुलाई २ घण्टा उभ्याएर सचेतना दिइएको छ”, उहाँले भन्नुभयो, “सामाजिक दुरी कायम गर्ने, लकडाउन आफैमा परिपालना गर्ने गराउने, जथाभावी हिडडुल नगर्ने, सुरक्षित रहनेलगायतका विषयमा सचेतना दिएर छाडिएको हो ।”

पछिल्लो समय मानिसले अटेरी गरि लकडाउन उल्लघङ्न गर्न थालेपछि प्रहरीले जिल्लामा कडाइ गरेको छ । प्रहरीले लकडाउनमा अत्यावश्यक काम बाहेक बाहिर निस्कन, हिडहुल नगर्न र अत्यावश्यकबाहेका पसल नखोल्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

औषधि र दैनिक उपभोग्यवस्तु खरिद गर्ने सर्वसाधारणका लागि बिहान÷बेलुका दुई÷दुई घण्टागरी दैनिक चार घण्टा मात्र बजार तथा पसल खुला गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले निर्देशन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि लकडाउन उलङ्घन गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो ।

यस्तै, कामदारलेसमेत अनिवार्य सामाजिक दुरी कायम गरेर निर्माणका काम गर्नुपर्ने, कामदारले गरेको कामलाई हेर्न सर्वसाधरण जान नपाने पनि भएको छ । सर्वसाधारणका लागि लागू गरिएको लकडाउनको समयमा पनि विकास निर्माणको काम भने जिल्लामा धमाधम भइरहेको छ ।

तपाईको प्रतिक्रिया