गुणस्तरीय काम गर्न मेयर रिजालको निर्देशन

Halesi Khabar

खोटाङ, दिक्तेलस्थित पुरानो बैक चौक झिसेपु वाम्राङ सडक ढलानको काम गुणस्तररीय बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले निर्देशन दिनुभएको छ ।

निर्माण स्थल अनुगमनमा जानु भएका मेयर रिजालले गुस्तरको काम समयमानै सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन दिनुभएको नगरका राजनीनिक सल्लाहकार कमल ढकालले जानकारी दिनुभयो । पछिल्लो समय अनुगमनको कामलाई बढि प्राथमिकता दिनुभएका मेयर रिजालले गुणस्तरमा कमि गर्ने जो कोहिलाई नछोड्ने बताउनु भएको छ ।

शहरी विकास तथा भबन डिभिजन कार्यालय ओखलढुंगाबाट मुअकर बाहेक करिव ४७ लाखमा ढलानको जिम्मा पाएको मुकुन्द ईन्दिरा निर्माण सेवाले असार मसान्त अगावै निर्माण कार्य सम्पन्न गर्ने प्रोपाईटर लालबहादुर विकले जनाएका छन् ।सबै निर्माण सामाग्री निर्माण स्थलमा ल्याई सकेको र स्थानियबासीको पनि सहयोग रहेकोले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् । यो सँगै दिक्तेलबजार ढलानको काम पनि तिब्र गतिमा अगाडी बढेको छ ।

त्रिबेणी चौक भबन गैरा हुदै लोकसेवा आयोग जाने सडक र अस्पताल चौक हुदै आचार्यगाउँ बसपार्क जाने सडक ढलानको काम तत्काल सञ्चालन गर्न निर्देशन दिएको मेयर रिजालले बताउनु भयो । उहाँले भन्नु, भयो समय छोटो छ असार मसान्त सम्म काम सम्पन्न गर्नु पर्ने भएकाले तुरुन्त काम सुचारु गर्न नगरले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया