उन्नाईस जनाको ¥यापिड परीक्षण रिपोर्ट ‘नेगेटिभ’, दश वटै स्थानीय तहमा परीक्षण गरिने

Halesi Khabar

खोटाङ, ३ वैशाख । जन्तेढुङ्गा गाउँपालिकामा विदेशबाट फर्किएका १९ जना व्यक्तिमा गरिएको कोरोना भाइरस (कोभिड–१९)को ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । गत चैत यता विदेशबाट फर्किएका १९ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न बुधबार गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा १९ जनाकै रिपोर्ट नेगेटिभ देखिएको हो ।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन सम्बन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेष्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्ने १२० वटा किट पठाएपछि गत चैत यता विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तिको पहिलो चरणमा ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा क्रमशः अन्य स्थानीय तहमा पनि पुगेर हप्ता दिनभित्र ¥यापिड डाइग्नोस्टिक टेष्टको काम पूरा गरिने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटिले वैशाख ५ गतेसम्ममा बराहपोखरी, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका रिटर्नीको ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिसक्ने तयारी गरेको छ ।

अभियानकै रुपमा खटिएको परीक्षण टोलीले वैशाख–६ गते ऐसेलुखर्क र वैशाख–७ गते केपिलासगढी गाउँपालिकामा गएर ¥यापिड परीक्षण गर्ने निर्णय गरेको छ । वैशाख–८ गते हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा वैशाख–९ गते साकेला गाउँपालिकामा ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्नेछ ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागे यता विदेशबाट एक जना मात्र फर्केको तथ्याङ्क छ । चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न थप किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएपनि चैत यता घर आएका व्यक्तिको मात्र ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको प्रजिअ पौडेलले बताउनुभयो । रोजगारीको सिलसिलमा विदेश गएर घर फर्किएका अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

जिल्लाका हरेक स्थानीय तहले आ(आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेपनि हालसम्म विदेशबाट फर्किएका २४ जना व्यक्ति मात्रै क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।

तपाईको प्रतिक्रिया