विदेशबाट फर्किएका १२० जनाको ¥यापिड परीक्षण गरिँदै

Halesi Khabar

खोटाङ, ३ वैशाख । खोटाङमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्नबाट आफ्नो जिल्ला फर्किएका १२० जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) शुरु गरिदै छ । प्रदेश सरकारले १२० वटा किट पठाएलगत्तै पहिलो चरणमा चैत यता घर फर्किएका १२० जना व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने व्यवस्था मिलाइएको हो ।

विदेशबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन आज (बुधबार)देखि सम्बन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेष्ट शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी लगायतको टोली जन्तेढुङ्गा गाउँपालिका प्रस्थान गरेको छ ।

वैशाख ५ गतेसम्ममा बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका रिटर्नीको ¥यापिड डाइग्नोस्टिक टेष्टको काम पुरा गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेल संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटिको बैठकले यहि वैशाख–६ गते ऐसेलुखर्क र वैशाख–७ गते केपिलासगढी गाउँपालिकामा गएर ¥यापिड परीक्षण गर्ने निर्णय गरेको छ ।

उक्त कमिटिले वैशाख–८ गते हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा वैशाख–९ गते साकेला गाउँपालिकामा ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारेका जनाइएको छ । रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागे यता विदेशबाट एक जना मात्र फर्केको तथ्याङ्क छ ।

दश स्थानीय तह रहेको जिल्लामा चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न पुनः परीक्षण किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तिको मात्र ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो ।

विदेशबाट घर फर्किएका उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन् । स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेपनि हालसम्म विदेशबाट फर्किएका २४ जना व्यक्ति मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया