नेपालमा लकडाउन वैशाख १५ गतेसम्म, एकैचोटी १२ दिन थपियो

Halesi Khabar

काठमाडौँ । नेपाल सरकारले लकडाउन थप १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु¥याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउनको समय सकिदै थियो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । आज मंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, लकडाउनका कारण फसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो । स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ । आजै छिमेकी देश भारतले पनि लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया