चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, दुई घाईते

Halesi Khabar

खोटाङ , चट्याङ लागेर खोटाङको फेदीमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ पानीसँगै परेको चट्याङले केपीलासगढी गाउँपालिका–१ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिकको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाईते भएका छन्। घाईते मनकलाको खुट्टामा र आसनको टाउको र घाँटीमा चोट लागेको प्रहरी छ ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया