कोरोना भाइरस रोक्न दिक्तेल बजारमा किटनाशक विषादी

Halesi Khabar

खोटाङ, २८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोक्न किटनाशक विषादी छर्किएको छ । नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा शुक्रबार साँझ (सोडियम हाइपोक्लोराइड लिकुइड) नामक विषादी छर्केको हो ।

नगरपालिकाले दिक्तेलस्थित किराँतचोकबाट शुरु गरेको विषादी छिट्ने काम त्रिवेणीचोक हुँदै भवनगैरासम्म पुगेको थियो । शनिबार साँझ त्रिवेणीचोकदेखि हाटडाँडासम्म छर्केने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताउनुभयो ।

१५ वटा वडा रहेको नगरपालिकाको अन्य वडाको बजार क्षेत्रमा समेत छर्कने तयारी गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा किटनाशक विषादी छर्कनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो हो ।

तपाईको प्रतिक्रिया