काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले चालेका कदमबारे जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ब्रिफिङ गराउनुभएको हो ।
बैठकमा नेताहरुको सामाजिक दूरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ । बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिका बारे छलफल र निर्णय हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेता सहभागी हुनुहुन्छ ।


