कोभिड–१९ : वैशाख ३ गतेसम्म लकडाउन थपियो

Halesi Khabar

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोभिड १९ को संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।

चैत १७ मा थप एक हप्ता र चैत २५ सम्म लकडाउन थप्ने निर्णय यस अघि सरकारले गरेको थियो । सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन थप गर्ने निर्णय गरेको हो ।

मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले थप गर्ने निर्णय गरेको हो। नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने एकजना निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया