प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा ११ करोड बढी संकलन

Halesi Khabar

 विराटनगर, कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबार सम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ ।

यो कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैया जम्मा गरेका छन्। कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।

त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषि विकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट दुई लाखदुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमा जम्मा भएको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया