दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १९ जना मजदुरलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । नगर प्रमुख दिपनारायण रिजालको नेतृत्वमा गएको टोलिले दिक्तेल खानिडाडाँ आहाले सडक खण्डमा काम गर्दै आएका मोरङको पथरी शनिश्चरे नगरपालिकाका १९ जना श्रमिकलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न राज्यले चालेको ’लकडाउन’ले दैनिक काम गरिखाने मजदुर भोकै परेको खबर आएपछि १५ दिनलाई पुग्ने चामल, दाल, नुन, तेल, वेसार लगाएतका खाद्यान्न सामाग्री वितरण गरेको मेयर रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामि लकडाउनमा जनताको लागि २४ घण्टा खटिएका छौ, यो नगरमा भोकले कोहि मर्दैन समस्या भए नगरलाई खबर गर्नुस तु समस्या समाधान हुन्छ ।
जिल्ला प्रशासन र प्रहरीको सहकार्यमा नगरपालिकाले जनताको दैनिक जिबनलाई सहज बनाउने काम गरेको बताउदै मेयरले रिजालले भन्नुभयो,लकडाउनकोे अबधिमा नआतिनुस सरकारलाई सघाउन आ–आफ्नो घरमा बस्नुस समस्या परे हामि तपाईकै घरमा आउने छौ । आफै खाद्यान्न सामाग्री लिएर मेयर उपमेयरको टोली पोखरी स्कुल नजिक सडक निर्माणमा खटिएका मजदुरको क्याम्पमा पुगे पछि मजदुरहरुको अनुहारमा खुसि छाएको थियो।
खाद्यान्न वितरण कार्यक्रममा उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम पौडेल, प्रहरी नायब उपरिक्षक बामदेव गौतम, शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक भोला गिरी, वडा अध्यक्ष टंकप्रसाद आचार्य,नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकाल लगाएतको उपस्थीति रहेको थियो ।


