साकेला १३ चैत्र– कोरोना भाइरस ९कोभिड–१९० को जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।
गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काको अध्यक्षतामा पालिकाका पाँच वटै वडाका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष र कर्मचारीहरुको बिहीबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत्र महिनाको सेवा सुविधा उक्त कोषलाई उपलब्ध गराउने निर्णय भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको ७० लाख बजेटबाट २० प्रतिशत रकम रकमान्तर गरी सोही कोषमा राखिने भएको छ । आपतकालिन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको हो ।
त्यस्तै आकस्मिक वैठकको क्रममा गाउँपालिका अध्यक्ष खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई अनिवार्य रुपमा कार्यालयमै तैनाथ रहन निर्देशन दिनुभएको छ । सम्पूर्ण सेवा प्रवाह बन्द भए पनि विपदको समयमा घरमा भन्दा कार्यालयमै रहेर अत्यावश्यक सेवा प्रवाहमा सहयोग गर्न निर्देशन दिनुभएको हो ।
यता, पालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभरी कार्यरत र अनुभवी स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने निर्णय गरेको छ भने वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सवै वडा कार्यालयलाई अनुरोध गरिएको छ ।
यता, पालिकाले कोरोना रोकथामका लागि गाउँपालिका भित्र रहेर अध्ययन गरी खालि बसेका अनुभवी स्वास्थ्यकर्मीहरुलाई स्वयम सेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको छ भने वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सवै वडा कार्यालयलाई अनुरोध गरिएको छ ।


